बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल सेवाको शाखा काभ्रेको तीन पिप्लेमा

मंगलबार, मंसिर ४ २०७५

काठमाडौ मंसिर, ४–
नेपाल सेवा लघुबित्त बित्तीय संस्थाले काभ्रेको तीन पिप्लेमा शाखा खोलेको छ । संस्थाले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वार्ड नं ६ तिनपिप्लेमा संस्थाका संचालक समिति  सदस्य दुर्गा प्रसाद मल्लको सभापतित्व तथा पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारको प्रमुख आतिथ्यतामा औपचारीक रुपमा शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको हो  । पाँचखाल नगरपालिकाका समाजसेवी वुद्धिजिवी , शिक्षक , महिला  तथा वार्ड जनप्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको उक्त समारोहका सहभागीहरुलाई स्वागत संस्थाका प्रमुख कार्यकारी अधिकृत बिदुरमान सिह बस्नेतले  स्वागत गरेका थिए । संस्थाका संचालक समिति सदस्य कुमार राज जोशी तथा कार्यक्रमका सभापति दुर्गा प्रसाद मल्लले अतिथीहरुलाई मायाको चिनो प्रदान गरेका  थिए । अतिथीहरुको तर्फबाट जोरपाटी मा.वि का प्रअ भोजराज पन्त पाँचखाल नगरपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष वालकृष्ण सापकोटा, नेशनल लाईफ इन्स्योरेन्स शाखा प्रमुख रामेश्वर सापकोटा मण्डन उपत्यका सामाजिक उत्थान समाजका कोषाध्यक्ष विष्णु पौडेल कार्यक्रम का विषेश अतिथी पाँचखाल नगरपालिका वार्ड नं ६ का वार्ड अध्यक्ष  रामशरण दुलाल तथा कार्यक्रमका प्रमुख अतिथी पाँचखाल नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाले सोहि दिन काभ्रेपलाञ्चोक जिल्ला भुम्लुटार गाँउपालिका वार्ड नं ८ मा शाखा स्थापना गरी वित्तिय कारोबार संचालन गरेको छ ।