बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजस्व छल्ने गुप्ता छुटाउन केएल दुगडको ‘रिमोट’

सोमबार, मंसिर ३ २०७५

काठमाडौं मंसिर, ३– 
आफै अभियुक्तको रुपमा जेल सजाय कटाएका केएल दुगड ग्रुपका सीईओ प्रमोद अधिकारीले जगत हँसाउने काम गरेका छन् । ७२ सालको भूकम्पको बेला केएल दुगडको उत्पादन धारा तेललाई बढी मूल्यमा बेचेको अभियोगमा जेलको छिँडिको स्वाद चाखेका उनै अधिकारी यतिबेला ठुलो मात्रमा आयकर छली गरेको अभियोगमा जेल परेका अर्का अभियुक्त व्यापारी विनोद गुप्तालाई जेलबाट छुटाउन कम्मर कसेर लागेका छन् । गत भदौ १ गते   काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम जेल चलान गरिएका व्यापारी विनोद गुप्तालाई जेलबाट छुटाउन भन्दै सीईओ अधिकारीले व्यापारी गुप्ताको  रकममा रजाइँ गरिरहेको स्रोतको दाबी छ ।  २ अर्ब ७२ करोड रुपैयाँ आयकर छलीको आरोपमा पक्राउ परेका गुप्तालाई छुटाउन सीईओ अधिकारी यतिबेला विभिन्न शक्ति केन्द्रमा पैसाको खोलो बगाउदै हारगुहार गरिरहेका छन् । उनले गुप्ता परिवारलाई आज सोमबारसम्म जसरी पनि गुप्तालाई जेल मुक्त गर्ने विश्वास दिलाएको स्रोतको दाबी छ । उसो त सीईओ प्रमोद अधिकारी आफैमा पनि निकै गन्हाएका र विवादास्पद व्यक्ति समेत हुन् ।  नेपाल बैंकको जागिर छोडेर केएल दुगडमा छिरेका अधिकारी दुगडको उत्पादन धाराको कर्तुत पछि मालिकहरुलाई इन्डिया भगाएर केएल ग्रुपबाट राम्रै नजराना बुझ्ने मध्येका एक मतियार समेत हुन् । त्यस्तै, उनका दोस्रा मतियार हुन् माधव तिमल्सिना । उनले आफूलाई केएल ग्रुपको गुणस्तिरहिन उत्पादन भैरहेको यूनाइटेट सिमेन्टको जीएमको परिचय दिने गरेका छन् । व्यापारी गुप्तालाई छुटाउन लागेका प्रमोदलाई सघाउने अर्का रोचक पात्र पनि रहेका छन् । विनोद गुप्ताका सहोदर भाइ समेत रहेका बिटु गुप्ता (दिनेश) यतिवेला दाइले कमाएको पैसामा रजाइँ गर्नमै व्यस्त छन् । यतिबेला उनको हर्कत देख्दा लाग्छ उनी बाघको छालामा स्यालको रजाइँ गर्दैछन् । दिनेश बाहिर बाहिर दाई विनोदलाई जेलबाट निकाल्न प्रमोदसँग मिलेर पैसाको खोलो बगाएको देखिन्छन् भने उनको भित्रि मनसाय दाइलाई जेलबाट निकाल्नु भन्दा पनि जेलमै सडाउनु रहेको स्रोतले जनाएको छ । दिनेशको एउटा मात्रै उद्देश्य भनेको दाइलाई जेलमै राखेर उनको सम्पत्ति जति भारत पुर्याउने योजनामा रहेको स्रोतको दाबी छ । नेपालको कानून बमोजिम ठूलो मात्रामा कर छलेको खुलेपछि पक्राउ परेका व्यापारी गुप्तालाई कानूनको धज्जी उडाउदै जेलबाट छुटाउन कम्मर  कसेर बिचौलियाको भूमिका निर्वाह गर्ने केएल दुगडका सीईओ प्रमोद अधिकारीको हर्कत कम्ती रोचक छैन । आफै जेल बसेर निस्किएका अधिकारी शक्ति केन्द्रहरुलाई प्रभावित पार्दै अभियुक्त गुप्तालाई पैसा र शक्तिको प्रभावमा जेलमुक्त गर्न लाग्नु राष्ट्रकै लागि घातक बिषय हो । अझैँ घातक त उनले देशकै कानूनलाई चुनौती दिदैँ यो दिन जेल मुक्त गर्छु भनेर मिति तोक्नुलाई लिन सकिन्छ ।  बिचौलिया अधिकारीका यस्ता हर्कतकाबारे राज्य तथा सरोकारवाला पक्ष बेलैमा सचेत रहनु जरुरी छ । बिषय यति गम्भिर रुपमा उठ्दा समेत राज्य मौन रहनु आफैमा अचम्मको कुरा छ । यतिबेला प्रमोदका मुख्य सहयोगीहरुमा दिनेश गुप्ता  पुर्षोत्तम अग्रवाल लगायतका रहेका छन् । हिमालय कार्गो नामक कम्पनी मार्फत ठुलो मात्रमा आयकर छलेर जेल परेका गुप्ताले जेलभित्रबाट समेत छलीको हर्कतलाई निरन्तरता दिईरहेको स्रोतको दाबी छ । उनले जेल भित्रैबाट दिव्या रोडलाईन नामक अर्कै संस्था खोलेर आफ्नो काम धन्दा चलाईरहेको बुझिएको छ । देश नै डुबाउने हर्कत गरेर जेल भित्र रहेका व्यापारी गुप्ताले जेल भित्रैबाट यस्ता हर्कत गर्दा पनि राजस्व अनुसन्धान विभाग बेखबर हुनु पक्कै पनि राष्ट्रका लागि दुःखद र अचम्मको कुरा हो । ठगी र छलीको अभियोगमा जेल परेका गुप्ता जस्ता राजस्वमाराहरुले जेलमा बसेर पनि यस्ता कार्य गर्नु पक्कै पनि सरकारवाला पक्षका लागि लज्जास्पद बिषय हो । यो बिषयमा राजस्व अनुसन्धान विभागको बेलैमा ध्यान पुग्न जरुरी छ । 
गत भदौ १ गते राजस्व अनुसन्धान विभागले  मुद्दा दर्ता गरेको थियो । गुप्ता सहित २२ जना व्यक्तिविरुद्ध बिभागले दायर गरेको मुद्दामा भ्याट बिल नक्कली बनाएर बिगत १० वर्षदेखि कर छल्दै आएको उल्लेख छ ।

हिमालय कार्गो नामक कम्पनी स्थापना गरी गुप्ताले विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर ठूलो मात्रामा कर छल्दै आएको बिभागले जनाएको छ । कर्मचारीसँग मिलेमतो गरी कर छलेको अभियोगमा नेपालगञ्जका भन्सार प्रमुख जनार्दन आचार्यसहित ७ कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । 
विभागले प्रमुख भन्सार अधिकृत आचार्य, भन्सार अधिकृत बटुकृष्ण अधिकारी, भन्सार एजेन्ट दिनेश कुमार बाँनिया, कम्यूटर अधिकृत चन्द्रबहादुर क्षत्री, र भन्सार सहायकद्वय जितबहादुर श्रेष्ठ र रामबहादुर थापालाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरेपनि उनीहरु अदालतमा उपस्थित नभएको काठमाडौं जिल्ला अदालतले जनाएको थियो । कर्मचारीविरुद्ध ४६ लाख ४० हजार रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ परेका अन्य व्यक्ति १÷१ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । गुप्ता विरुद्ध विभागले २ अर्ब ७२ करोड रुपैयाँ बिगो दाबि गर्दै मुद्दा दायर गरेको हो । जनताको रगत पसिनामा रजाइँ गर्नेविरुद्ध हाम्रो खबरदारी निरन्तर रहनेछ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।