बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यी तीन फिल्म एकसाथ प्रदर्शनमा

शुक्रबार, कार्तिक ३० २०७५

काठमाडौं कात्तिक, ३०–
केही समय देखि हरेक शुक्रबार दुई/तीन फिल्म प्रर्दशनमा आउने क्रम जारी छ यसैक्रममा आज शुक्रबारबाट तीन फिल्म एकैसाथ् प्रर्दशनमा आउदैछन् । फिल्म ‘गुनगुन’, ‘दैलो’ र ‘अनुग्रह’ एकसाथ प्रदर्शनमा आउने भएका हुन् ।

कुमार केसी निर्देशित फिल्म’अनुग्रह’मा शंकर थापाको संगीत, बिक्रम डी सीको छायांकन तथा तारा थापाको सम्पादन रहेको फिल्ममा सुबाश मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, संजय न्यौपाने, राज गिरी, क्रिस्टिना राइ, दीपशिखा शिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुरेश उप्रेतीले निर्माण ,निर्देशन तथा उनैको कथा रहेको फिल्म’दैलो’मा यशोदा उप्रेती र अर्जुन उप्रेती निर्माताका रुपमा रहेका छन् । विमलकुमार भट्टराईले खिचेको फिल्ममा तारा थापा ‘किम्भे’ले सम्पादन तथा लक्षुप्रकाश मल्ल र निलम उप्रेतीको संगीत संयोजन रहेको छ ।
फिल्ममा सुरेश उप्रेती, दुर्गा साउत, विकाश चौलागाइँ, दीपक डोटेल, मुना प्रसाइँ, दिक्षा आचार्य, सुयोग उप्रेती, अनु ढुङ्गाना लगायत मुख्य अभिनय रहेको छ ।

पुकार भट्टाराई निर्देशित फिल्म’गुन गुन’मा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई लगाएतका कलाकाहरुको अभिनय रहेको छ ।