बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पशुपति शमशेरको पार्टीले चुनाव चिन्ह गाई या हलो के हुने ? आज टुंगो लगाउने

शुक्रबार, कार्तिक ३० २०७५

काठमाडौं कात्तिक, ३०–
आज पार्टी  एकता प्रक्रियाबारे ठोस धारणा तय गर्न पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितीको बैठक  बस्दैछ । महाराजगञ्जस्थित अध्यक्ष पशुपति शमसेर राणाको निवासमा दिउँसो २ बजेपछि बैठक बस्न लागेको हो ।  उक्त  बैठकले पार्टी एकताका बिषयमा यसअघि भएका सहमति तथा नमिलेका विषयमा छलफल गरेर ठोस धारणा सार्वजनिक गर्ने महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।  त्यस्तै, पार्टी प्रवक्ता राजेन्द्र गुरुङले एकता कुनै हालतमा नरोकिने भन्दै निर्वाचन चिन्ह र झण्डाका बारेमा बैठकमा ठोस छलफल हुने बताए । उनले भने,  ‘उच्चस्तरीय समितिको बैठकमा ति विषयमा विकल्पसहित छलफल हुन्छ त्यसपछि गाई वा हलो के भन्ने धारणा आउँछ ।’
 पूर्व पञ्चको पृष्ठभूमि भएका नेताहरुको बाहुल्यतामा रहेको  तीन राप्रपा एकता प्रसङ्ग यतिबेला  ‘भ्यागुताको धार्नी’ जस्तै भएको छ । 
कहिले एकता भइहाल्ने त कहिले एकता भाँडियो भन्दै आएका ती पार्टीका नेताहरु पछिल्लो पटक एकता ढिलाइ हुनुमा एकले अर्कोलाई दोष देखाउँदै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

सैद्धान्तिक विषयमा सहमति भएपनि पछिल्लो पटक कमल थापा र पशुपति शमशेर राणाबीच भएको छलफलमा चुनाव चिन्ह गाई वा हलो के राख्ने भन्नेमा कुरा नमिलेपछि राप्रपा अध्यक्ष कमल थापाले राणाकै कारण एकता भाँडिएको बताएका थिए । थापाको यो भनाई आएलगत्तै अर्का नेता राणाले आफ्नो कारणले नभई थापाका कारणले ढिलाई भएको तर एकता नभाँडिएको स्पष्टिकरण दिएका थिए ।