बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रेम सम्बन्धका कारण मन्त्रीको जागिर चट !

शुक्रबार, कार्तिक ३० २०७५

३० कात्तिक, काठमाडौं–
सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । 

नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । 

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो ।

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । 

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

यसमा नेकपाभित्रको गुटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् ।

उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो । ​