बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छोरीको न्याय माग्दै धर्ना बसेका निर्मलाका बाबु आफै थलिए

बिहिबार, कार्तिक २९ २०७५

कञ्चनपुर कात्तिक, २९–
धर्नामा रहेका निर्मला पन्तका बुवा यज्ञराज पन्त बिरामी परेका छन् । छोरीको हत्या भएपछि न्यायको माग गर्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयको गेटमा विगत पाँच दिनदेखि धर्नामा रहेका पन्त चिसोका कारण बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ । 

पन्तलाई महाकाली अञ्चल अस्पतालबाट आएको स्वास्थ्यकर्मीहरूको टोलीले धर्नास्थलमै उपचार गरिरहेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको छ र उनलाई ज्वरो समेत रहेको छ ।

पन्तलाई हिजो रातिदेखि ज्वरो र खोकीले भेटाएको हो । 

अहिले उनकी आमाको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । 

गत साउनमा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरकी किशोरी निर्मला पन्तको हत्यारा अझै सार्वजनिक हुन सकेको छैन । विगत चार महिना यता यस मुद्दाले देशव्यापी चर्चा पाएको छ ।