बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा: प्रम ओली

बुधबार, कार्तिक २८ २०७५

 

काठमाडौं कात्तिक, २८–
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।  चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । उक्त  भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 
 प्रधानमन्त्री ओलीले नेपालले हिड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताएका छन् । ‘समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै उनका परराष्ट्र सल्लाहाकार डा.राजन भट्टराईले बताए । 
  प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरण गर्नु भएको छ । “हामी एउटै हिमालको वारी पारी बसेका,एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं” प्रधानमन्त्रीले भने, “हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।”
 चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण बर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका छन् । गतबर्षको तुलनामा यस बर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए । ‘नेपालको परम्परागत र साँस्कृतिक सम्पदाको अवलोकनका लागि चीनियाहरु बढी आकर्षित छन्’ मन्त्री सुगाङको भनाइ उदृत गर्दै डा.भट्टराईले भने,  ‘भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ ।  यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन फाइदा पुग्नेछ ।’