काठमाडौं कात्तिक, २८–
मन्त्रीबाट हटाईएका दीर्घराज सोडारी पार्टीबाटै निस्कासनमा परेका छन् । पदीय दूरुपयोग गरी मर्यादा नाघेसँगै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीबाट निस्कासन गरेको हो । नेकपाको मंगलबार बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको हो ।
नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सोडारी पार्टीको मर्म बिपरित चलेको र साधनस्रोतको दुरूपयोग गरकाले कारवाही गरिएको जानकारी दिए ।
सोडारीको कार्यशैली सन्तोषजनक नभएको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपाले जनाएको छ ।