काठमाडौं, कार्तिक २७
अबदेखि बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेका निक्षेपकर्ता ग्राहकहरुको पाँच लाख रुपैयाँसम्मको निक्षेप सुरक्षित हुुने भएको छ । नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि सर्वसाधारणको निक्षेप सुरक्षित हुुने भएको हो ।
नेपाल राष्ट्र बैैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग सो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैैकले जानकारी दिएको छ । अनुुमती प्राप्त बैंक तथा बित्तीय संस्थाहरुले आफ्नो संस्थामा प्राकृतिक व्यक्तिहरुको नाममा बचत तथा मुद्धती खातामा रहेको तीन लाख रुपैयाँसम्मको निक्षेप निक्षेप तथा कर्जा सुरक्षण कोषसंग सुरक्षण गर्ने गराउने, गराउने व्यवस्था गर्नुपर्ने र सो रकमलाई बृद्धि गरी क्रमश पाँच लाख रुपैयाँसम्मको निक्षेप निक्षेप तथा कर्जा सुरक्षण कोेषसंग सुरक्षण गराउने आवस्यक व्यवस्था मिलाउने पर्ने छ । उक्त व्यवस्था अनुसार बैैक तथा बित्तीय संस्थाहरुले आफ्नो संस्थामा रहेको तीन लाख रुपैयाँसम्मको व्यक्तिगत बचत तथा मुुद्धती निक्षेपको रकम र त्यस्ता निक्षेपकर्ताहरुको संख्यात्मक बिवरण त्रैमासिकरुपम त्रैमास समाप्त भएको मितीले एक महिना भित्रमा निक्ष्ोप तथा कर्जा सुरक्षण कोषलाई उपलब्ध गराउनुु पर्ने छ ।
लघुबित्त संस्थाहरुलाई तीन लाख रुपैयाँसम्मको निक्षेप सुरक्षणको व्यवस्था गर्न राष्ट्र बैकले निर्देशन दिएको छ । लघुबित्त संस्थाको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले लघुबित्त संंस्थाहरुलाई आफ्नो संस्थामा प्राकृतिक व्यक्तिको नाममा बचत तथा मुुद्धती खातामा रहेको तीन लाख रुपैयाँसम्मको निक्षेप निक्षेप तथा कर्जा कोषसंग सुरक्षण गर्ने, गराउने व्यवस्था गर्न निर्देशन दिएको हो ।