बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मानवअधिकारवादी नेता तुलाधर अत्यष्टि

सोमबार, कार्तिक १९ २०७५

 काठमाडौं कात्तिक, १९–
आईतबार निधन भएका वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । तुलाधरको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो ।

उनको  शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु सहभागी थिए । विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सहभागी थिए ।
तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।