कञ्चनपुर कात्तिक, १८–
निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न ढिला गरेको भन्दै आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गरिएको छ । आईतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन वास्तविक डिएनए परीक्षण गर्न दवाव दिँदै सांकेतिक विरोध स्वरुप शनिबार अभियन्ताहरुले काठमाडौंमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ ।
सरकारले हालसम्म गरेको डिएनए परीक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप बास्तविक डिएनए परिक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेवन घिमिरेले जानकारी दिए । अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा प्रर्दशन गर्दै आएको छ ।