बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नापी कार्यालयका सर्वेक्षक दुई लाख घुससहित नियन्त्रणमा

मंगलबार, कार्तिक १३ २०७५

सिरहा कात्तिक, १३–
नापी कार्यालय लहानका सर्वेक्षक दुई लाख घुससहित पक्राउ परेका छन्।  सर्वेक्षक देवनारायण चौधरीलाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार  सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो । 
एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो। त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ। सेवाग्राहीको सहयोगमा सर्वेक्षक चौधरी पक्राउ परेका हुन् ।