काठमाडौं कात्तिक, १२–
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने तयारी थालेको बताएका छन् । उनले नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउने खालको भएको बताएका छन् । उनले छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएकाले अहिले जनता स्वयम् नै संघियताको विपक्षमा रहेको जिकिर समेत गरे । अध्यक्ष केसीले संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका छन ।
सोमबार संवाद चौतारीले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए । काँग्रेस एमालेले समेत संघीयता नचाएको तर वाध्यतामा परेर संघियता स्वीकारेको भन्दै उनले संघीयता ठुला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाईदिएको एजेण्डा भएको समेत उनको भनाई छ ।
साथै उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दाबी गर्दै उनले नेपालमा संघीयता भनेको “खर्चन पर्च, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठुला दलहरुलाई पनि संघीयता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा बाउको अनुहार” भने जस्तै गलपासो भएको बताए ।