काठमाडौ, कार्तिक ११
प्रोग्रेसिभ फाइनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ७८ लाख २१ हजार नौ सय ७५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा एक करोड नौ लाख ५३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
चुक्ता पुंजी २१ करोड रुपैयाँ रहेको फाइनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैैमासिक अवधिमा ७० करोड ७५ लाख २२ हजार तीन सय ८० रुपैयाँ निक्षेप संकलन गरी ६१ करोड छ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा चार करोड ६७ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको फाइनान्सले सो अवधिमा ४८ लाख ७१ हजार पाँच सय ६० रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम ५९ लाख १५ हजार रुपैयाँ रहेको फाइनान्सको राईट व्याक रकम दुई करोड ६७ लाख एक हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात एक दसमलव ९१ प्रतिसत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले ६४ करोड ६८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ८७ लाख ७८ हजार रुपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा ८८ लाख ६७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्सको प्रोभिजन रकम एक करोड ४७ लाख ६३ हजार रुपैयाँ रहेको थियो । राईट व्याक रकम शुन्य रहेको फाइनान्समा उक्त अवधिमा निष्क्रिय कर्जाको अनुपात दुुई दसमलव ४४ प्रतिसत रहेको थियो ।