बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, तत्काल सार्वजनिक कार्यक्रममा सहभागि नहुने

आइतबार, कार्तिक ११ २०७५

काठमाडौं कात्तिक, ११–
 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको उनको सचिवालयले जनाएको छ । 

गत दुई दिनदेखि रुघाखोकी  र ज्वरोका कारण प्रधानमन्त्री ओली  नियमित भेटघाट र बैठकबाटसमेत टाढा रहदै आएका छन् । अहिले प्रधानमन्त्री ओलीको ज्वरो नियन्त्रणमा आई स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार प्रेस नोट जारी गरी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएकाले आइतबार मन्त्रिपरिषद बैठकमा सहभागी हुने जानकारी दिए ।

आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ ।

अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएका थिएनन् । ‘उहाँको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुहुनेछ’ प्रेस सल्लाहकार अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।