बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा परी डीआईजी भण्डारीसहित तीन जनाको मृत्यु

शनिबार, कार्तिक १० २०७५

बनेपा कात्तिक, १०–
सवारी दुर्घटनामा परी नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीको  मृत्यु भएको छ । शनिबार बा३च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ ।

पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको काभ्रे प्रहरीले जाएको छ । 

अस्पताल परिसरमा यतिबेला प्रमुख  जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको छ । 

त्यस्तै दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।