काठमाडौं, कार्तिक ७
प्रोग्रेसिभ फाईनान्सले व्यवस्थापन तहमा काम गर्नको लागि आधा दर्जन दक्ष कर्मचारीहरुको माग गरेको छ । फाईनान्सले एक सञ्चार माध्यममा सुचना जारी गर्दे छ जना कर्मचारीहरुको माग गरेको हो ।
फाईनान्सले डेपुटीमा प्रमुुख कार्यकारी अधिकृतकोरुपमा काम गर्नको लागि एक जना कर्मचारी माग गरेको छ । न्युुनतम २१ देखि ४५ बर्ष उमेर समुह तोकिएको यो पदमा आवेदन दिनको लागि अर्थशास्त्र, व्यवस्थापन लगायतका क्षेत्रमा एमए पास गरेको र बैंक तथा फाईनान्स क्षेत्रमा कम्तीमा पनि १० बर्षसम्म काम गरेको अनुुभव हुनुुपर्ने छ । यसैगरी एसिस्टेन्ट जनरल म्यानेजर पदको लागि पनि फाईनान्सले एक जना कर्मचारीको माग गरेको छ । न्युुनतम उमेर समुह २१ देखि ४५ बर्ष तोकिएको यो पदको लागि पनि बैक तथा फाईनान्स क्षेत्रमा कम्तीमा १० बर्ष काम गरेको अनभुुव बटुुलेको तथा व्यवस्थापन तर्फ एमए सम्मको अध्ययन पुरा गरेको हुुनुपर्ने छ ।
डेपुुटी म्यानेजर पदको लागि पनि फाईनान्सले एक जना कर्मचारीको माग गरेको छ । न्युुनतम उमेर समुह २१ देखि ४५ बर्ष तोकिएको यो पदको लागि पनि न्युुनतम उमेर समुह २१ देखि ४५ बर्ष तोकिको छ । एमए पास गरेका र बैंक तथा फाईनान्समा कम्तीमा पनि सात बर्ष काम गरेको अनुुभव बटुुलेका व्यक्तिहरुले यो पदको लागि आवेदन दिन सक्नेछन । यसैगरी एसिस्टेन्ट म्यानेजरको पदको लागि पनि फाईनान्सले एक जना कर्मचारीको माग गरेको छ । न्युुनतम २१ देखि ४५ बर्ष नै उमेर समुह तोकिएको यो पदमा काम गर्नको लागि पनि एमए सम्मको अध्ययन पुरा गरेको हुुनुुपर्ने छ ।
यसबाहेक फाईनान्सले आईटी अफिसर र क्रेडिट अफिसर पदको लागि पनि एक, एक जना कर्मचारीको माग गरेको छ । २१ देखि ४० बर्ष उमेर समुह तोकिएको यि दुुई पदका लागि पनि सम्वन्धीत बिषयमा एमए सम्मको अध्ययन गरेको र बैंक तथा फाईनान्स कम्पनीहरुमा सात बर्ष काम गरेको हुुनुुपर्ने प्रावधान तोकिएको छ ।
स्थापनकालदेखि नै सफलरुपमा बित्तीय कारोवार सञ्चालन गर्दे आएको फाईनान्सले पछिल्लो समय आफ्नो सेवालाई अझ चुुस्त, दुुरुस्त र प्रभावकारी बनाउने रणनीति लिएको छ । सोही अनुरुप व्यवस्थापन तहमा काम गर्नको लागि दक्ष कर्मचारीको माग गरेको फाईनान्सले जानकारी दिएको छ । फाईनान्सका अनुुसार जागिरको लागि सम्वन्धीत व्यक्तिहरुले फाईनान्सको कार्यालय पाको न्युरोडमा आफ्नो योग्यता सहित यथासक्य छिटो आवेदन दिनुुपर्ने छ ।