काठमाडौं, कार्तिक ५
नेपाल राष्ट्र बैंकले १२ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ऋणपत्र बिक्री गरिएको हो ।
बिक्री गरिएको कुुल ऋणपत्र मध्येमा ९१ दिने अवधिको पाँच अर्ब ५० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ बराबरको रहेको छ । सो मध्ये ९१ दिनेको परिपक्व मिती २०७५ माघ आठ गते, एक सय ८२ दिनेको परिपक्व मिती २०७६ बैशाख १० गते र तीन सय ६४ दिने ऋणपत्रको परिपक्व मिती २०७६ कार्तिक पाँच गते रहेको छ
राष्ट्र बैंकले यही असोज २९ गते पनि २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको तीन अर्ब र एक सय ८२ दिने अवधिको दुुई अर्ब २५ करोड रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो ।