काठमाडौं, कार्तिक ५
सेयर बजार पुुन ओरालो लागेको छ । अघिल्लो दिन बढेको सेयर बजार आज सोमबार एक दसमलव ९८ अंकले घटेर १२ सय ५४ दसमलव ४१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि शुन्य दसमलव २८ अंकले घटेर दुुई सय ६५ अंकमा झरेको छ । आज एक सय ४१ कम्पनीहरुको तीन हजार चार सय ९९ वटा कारोवारमा सात लाख ३० हजार तीन सय ९९ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १६ करोड ९८ लाख ७८ हजार नौ सय ९० रुपैयाँ पुुगेको छ ।
आज ११ वटै समुहको कारोवार भएकोमा तीन वटा समुहले कमाउँदा बाँकी आठ वटा समुहले गुमाएकाछन । गुुमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक एक दसमलव छ अंकले घटेर ११ सय पाँच दसमलव ३४ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम ११ करोड १७ लाख २५ हजार रुपैयाँ पुुगेको छ । जलबिद्युुत, टे«डिङ, निर्जिवन बीमा, उत्पादनमुुलक, अन्य, लघुबित्त र जीवन बीमा समुह पनि आज गुमाउने समुह अन्र्तगत परेकाछन । कमाउने समुहमा परेको बिकास बैंक समुहको सुचक आज सात दसमलव १४ अंकले बढेर १४ सय ९७ दसमलव ४८ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम ८१ लाख ९३ हजार छ सय ६० रुपैयाँ पुुगेको छ । होटल र फाईनान्स समुह पनि आज कमाउने नै सुचीमा परेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा नेपाल सेवा लघुबित्त बित्तीय संस्था, रिलायन्स फाईनान्स, महालक्ष्मी बिकास बैंक लगायतका कम्पनीहरु परेकाछन भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी, जानकी फाईनान्स, उन्नती माईक्रो फाईनान्स लगायतका कम्पनीहरु परेकाछन । कारोवार रकमका आधारमा भने आज प्रभु बैंक, नेपाल बैंक, मेगा बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन ।