बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पूर्व–पश्चिम राजमार्गमा बीच सडकमै ट्रक पल्टिएपछि आवागमन प्रभावित

शुक्रबार, असोज २६ २०७५

 
नवलपारसी असोज, २६–
नवलपरासीको दाउन्नेमा ट्रक पल्टिएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार बिहान नवलपरासीको दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि बिहान ५ बजेदेखि आवागमन प्रभावित भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले भुस ट्रक पल्टिएपछि सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा आएको जनाएको छ ।
 
सडक एकतर्फी मात्रै चलेपछि दशैंका लागि घर हिँडेका र काठमाडौं आइरहेका सवारी साधनको जाम पूर्व–पश्चिम राजमार्गमा लागेको छ । बिहान ५ बजे नै ट्रक पल्टिए पनि अझै हटाइएको छैन ।