बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रामेछाप आएको रात्रिबसमा ३ जना यात्री बेहोस अबस्थामा भेटिए

बुधबार, असोज २४ २०७५

रामेछाप असोज, २४–
रामेछापको मन्थलीमा रात्रिबसमा ३ जना यात्री बेहोस अवस्थामा भेटिएको छन् । काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस अवस्थामा भेटिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बुधबार बिहान मन्थली आएको ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएका हुन् । 

बेहोस अवस्थामा फेला पर्नेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको रामेछाप प्रहरीले जनाएको छ । 

बेहोस तीनै जनाको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतको विभिन्न स्थानमा काम गरी दसैं तिहार मनाउन घर आउदै गरेका उनीहरुको साथबाट ५० हजार नगद लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ ।

बसका चालक र सहचालक तथा अन्य दुई जना यात्रीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।