काठमाडौं असोज, २३–
नक्कली सुन देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । २ सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भएका विशाल तामाङ र सुवास तामाङ ३ लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौंको जडिबुटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
प्रहरीले विशाल र सुवासको साथबाट ५१ हजार नगद, ४ थान मोवाइल र १ केजी नक्कली सुन बरामद गरेको छ । असोज १९ गते विशाल र सुवासले काभ्रे भकुण्डेवेशीका मदन गहतराजलाई ‘सक्कली हो’ भन्दै १ किलो नक्कली सुन दिएर २३ लाख ५० हजार ठगी गरेका थिए ।
‘गाल्ने क्रममा उक्त सुनजस्तो देखिने धातु नक्कली भएको थाहा पाएपछि पिडितले दिएको सुचना अनुसार हामीले दुईजनालाई नियन्त्रणमा लिएका छौं’ डिएसपी काफ्लेले भने, ‘घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।’
नक्कली सुन देखाएर यसरी ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके भनेर फरार रहेको बताइएको छ ।