बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइएमई र भेनस अस्पतालबीच सम्झौता

आइतबार, असोज २१ २०७५

काठमाडौं असोज, २१–
आईएमई लिमिटेड र भेनस हष्पिटलबीच सम्झौता भएको छ । आइएमईको प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १० प्रतिशत र आइएमईमा कार्यरत कर्मचारीहरूलाई १५ प्रतिशतसम्म छुट दिने व्यवस्थामा दुुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुुन् ।  
यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्न  सक्नेछन् ।  सेवाग्राहीहरू हकमा यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठर भेनस अस्पतालको तर्फबाट अध्यक्ष श्रीराम ढकालले हस्ताक्षर गरेकाछन् । यो सम्झौतापत्रमा हस्ताक्षर भएको मितिले दुुई वर्षसम्मका लागि लागु हुनेछ । आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।
आफ्नो स्थापनादेखिनै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहि त७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।