बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्तारुढ दल नेपाल नेकपाको सचिवालय बैठक बस्दै

आइतबार, असोज २१ २०७५

काठमाडौं असोज, २१–
आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । 

पार्टी कार्यालय  धुम्बाराहीमा  अपरान्ह ४ बजे बस्ने बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगायतका विषयमा छलफलका हुने नेकपाले जनाएको छ । 

यस अघि असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुंगो लगाएको थियो । तर, उक्त बैठकको निर्णयलाई लिएर बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ । सचिवालयका वरिष्ठ नेता नेपालले सार्वजनिक रुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाएका थिए । 
तल्ला तहका कमिटीको एकीकरण प्रक्रियामा ढिलाई हुँदा पार्टीमा अन्यौलता छाएको पार्टी भित्र निकै गुनासो बढिरहेको छ ।  
यस अघि बसेको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए । विदेश भ्रमणमा रहेका बेला सचिवालयले प्रदेश पदाधिकारीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ ।