बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चाडबाड नजिकिँदै जाँदा काठमाडौंमा आकाशिदो महँगी

आइतबार, असोज २१ २०७५

२१ असोज, काठमाडौं–चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । 

सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । 

खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । आजको नागरिक दैनिकले पहलिो पृष्ठमा यो समाचार छापेको छ ।

तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ । 

इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ । 

उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताउँछन् ।