बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपामा झन् झन् विवाद चुलिँदै

शनिबार, असोज २० २०७५

२० असोज, काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ । 

प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

पार्टी एकीकरणमा भन्दा पनि शीर्ष नेताहरु पछिल्लो समय विदेश भ्रमणमा केन्द्रित भएपछि कार्यकर्तामा व्यापक रुपमा निराशा छाएको छ ।