बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘छक्का पन्जा ३’को दशैँ गीत सार्वजनिक (भिडियो)

बिहिबार, असोज १८ २०७५

काठमाडौं असोज, १८–
 घटस्थापना अर्थात यही असोज २४ गतेलाई प्रदर्शनको मिति तय गरेको फिल्म ‘छक्का पन्जा ३’को दशैँ गीत सार्वजनिक भएको छ । घटस्थापनादेखि  देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म को  सार्वजनिक गीत १ मिनेट २१ सेकेन्डको रहेको छ । सार्वजनिक गीतले   फिल्मको प्रमोसनमा निकै सहयोग गर्ने अपेक्षा निर्माण टिमले गरेको छ । 

गीतमा डेबिड शंकरको स्वर, दीपक शर्माको संगीत, केदार घिमिरेको शब्द लेखन रहेको छ । त्यस्तै, सार्वजनिक उक्त  गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्याप हानेका छन् । र्यापमा फिल्म घटस्थापनाको दिनबाट प्रर्दशनमा आउने जानकारी दिइएको छ ।

आमा सरस्वती मुभिज र आएमईको संयुक्त प्रस्तुति निर्माण भएको फिल्ममा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।