बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्तारुढ दलका विद्यार्थीले गृहमन्त्रीलाई बुझाए ज्ञापन पत्रः प्रहरी प्रमुख खनाललाई बर्खास्त गर्न माग

बिहिबार, असोज १८ २०७५

काठमाडौं असोज, १८–
सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तीको माग गरेका छन् ।  बिहिबार गृहमन्त्रालयमा पुगेर  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाउदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् ।
 अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङलेसहितको विद्यार्थी टोलीले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका हुन् । 
सत्तारूढ दलका दुर्इ भातृ संगठनले जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालार्इ प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलार्इ तत्काल बर्खास्त गर्न गर्नु पर्ने उल्लेख गरेको छ ।

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी र दसी प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत हुनु पर्ने माग गरिएको  अखिलका एक नेताले जानकारी गराए । उक्त अवसरमा उनीहरुले  निर्मला हत्याकाण्डको छानविन समितिले निकालेको निष्कर्ष सार्वजनिक गर्न पनि गृहमन्त्रीसँग माग गरेका थिए ।