बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्डले सिंगापुरबाट फोन गरेर सम्झाए माधव नोपाललाई

सोमबार, असोज १५ २०७५

काठमाडौं असोज, १५–
पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच वाकयुद्ध चलिरहेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र नेपालबीचको वाकयुद्ध उनीहरुमा मात्रै सिमित नरहेर उनीहरुका समूहका नेता तथा तल्लो तहका कार्यकर्तासम्मै पुगेको छ ।  यसरी दुई नेताको झगडा तल्लो तहसम्मै झरेपछि अर्का अध्यक्ष प्रचण्डले समेत चिन्ता व्यक्त गर्न पुगेका छन् । उनले  असन्तुष्ट नेता माधवकुमार नेपाललाई सम्झाउने प्रयास गरेका छन् । सिंगापुरमा रहेका अध्यक्ष प्रचण्डले नेता नेपाल चीन जानुअघि  टेलिफोन गरी स्थायी कमिटी बैठकबाट असन्तुष्टि सम्बोधन हुने आश्वासन दिएको नेकपा निकट स्रोतले दावी गरेको छ । 
आफू नभएको बेला केन्द्रीय सचिवालय बैठकबाट प्रदेश पदाधिकारी एकलौटी रुपमा चयन गरिएको र कार्यवाहक आध्यक्षसमेत नदिइ दुवै अध्यक्ष विदेश गएपछि नेपालले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले स्थायी कमिटी सदस्यहरुलाई भेलासमेत गरेपछि नेकपाको विवाद बाहिर आएको हो ।

अध्यक्ष प्रचण्डले माधव नेपाललाई टेलिफोन गरेको नेपाल निकट स्रोतले जनाएको छ  । दुई नेताबीच कुराकानी भए पनि के के बिषयमा कुरा भयो भन्नेबारे भने खुलाईएको छैन । 
स्रोतका अनुसार प्रचण्डले प्रदेश पदाधिकारी चयनको विषय यो हदसम्म विवादित होला भन्ने आफूले नसोचेको बताएका थिए । सचिवालय बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलको धेरै जोडबलमा अर्का अध्यक्ष ओली समेतको चाहना बुझेर आफूले निर्णयमा साथ दिएको प्रचण्डको भनाइ थियो ।

आफ्नो दोस्रो बरियता खोस्न माधव नेपालले ओलीलाई साथ दिएपछि रुष्ट भएका नेता खनाल पछिल्लो समय आफ्नै गुट बनाउन सक्रिय छन् । उनले माधव नेपालले बोलाएको स्थायी कमिटी सदस्यहरुको भेलासमेत औचित्यहीन भन्दै सहभागी भएका थिएनन् । खनालले सचिवालय बैठकको निर्णयको बचाउ गर्दै आएका छन् ।

प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ । नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनको निर्णय अस्वीकार गरेपनि नेपाल निकट प्रदेश इन्चार्जहरुले आ–आफ्नो प्रदेशका बैठक राखिसकेका छन् ।