बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पुर्ख्यौली घरलाई धर्मशाला बनाउने सशस्त्र प्रहरी महानिरीक्षक खनालको घोषणा

शुक्रबार, असोज १२ २०७५

गुल्मी असोज, १२–
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले आफ्नो पुर्ख्यौली घरलाई धर्मशाला बनाउने भएका छन् । आईजीपी खनालले  गृह जिल्ला गुल्मीमा रहको आफ्नो घरलाई धर्मशाला बनाउने भएका हुन् । केही महिना अघि मात्रै दिवंगत आफ्ना पिताको सम्झनामा आईजी खनालले आफनो पुर्ख्यौली घरलाई धर्मशाला बनाउन लागेका हुन् । 

शुक्रबार  उद्योग वाणिज्य संघ रिडीले आयोजना गरेको कार्यक्रमका लागि गृह जिल्ला आएका खनालले रुरु स्थित रिडीमा रहेको आफनो पुर्ख्यौली घरलाई धर्मशाला बनाउने बताएका हुन् ।
 धर्मशाला निर्माण गर्न उनले इन्जिनियर सहितको टोलीलाई अध्ययन गराएका हुन् ।

आईजीपी खनालले पुरानो संरचनामा बनेको २ तले घरलाई भत्काएर नयाँ डिजाइनमा धर्मशाला बनाउने बताए ।  तीन जिल्लाको संगमन स्थल रहेको रुरु स्थित रिडीमा आफना पिताको सोच पनि धर्मशाला बनाउने रहेकाले बुवाकै सम्झनामा घरलाई धर्मशाला बनाउने उनको भनाइ छ । 
 महानिरीक्षक खनालले गुल्मीकै पानी खाएर आफू हुर्केबढेको फेरि गुल्मीकै पानी खान  पानी खान आएको बताए ।
उनले भने, ‘गुल्मीको माटोको आशिरवादले यो तहसम्म पुग्न सफल भएकाले आफ्नो जिल्लाको लागि केही गर्नु पर्छ भन्ने मेरो सोंच रहेको छ ।’ गृहजिल्लाको  कार्यक्रममा सरिक हुन सदरमुकाम  तम्घास आएका खनाललाई रिडीमा स्थानीयले भव्य स्वागत तथा सम्मान गरेका थिए । उद्योग वािण्ज्य संघ रिडी शाखा, स्थानीय आमा समूहलगायत बिभिन्न संघ संस्थाले सम्मानसमेत गरेका थिए ।

उनले पनि उपस्थित जिल्लावासीलाई जिल्लाको शीर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । आईजीपी खनालले पद बोकेर भन्दा पनि आफू आत्मियता बोकेर आएको भन्दै सबैलाई आफन्तको नाताले बोलाउन आग्रह गरे ।  

आईजीपी खानालसँग स्थानियले रिडिमा सशस्त्र प्रहरीको सानो क्याम्प राखिदिन आग्रह गरेका थिए । रिडी गुल्मीकै प्रबेशद्धार रहेकाले यस क्षेत्रको सुरक्षा देखि हरेका क्रियाकलापको लागि सशस्त्र प्रहरीको क्याम्प आबश्यक रहेको स्थानीयको भनाइ छ ।