बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपाका दुबै अध्यक्ष मूलुकबाहिर, कार्यवाहक को भन्नेबारे पार्टीका वरिष्ठ नेता नै बेखबर !

बिहिबार, असोज ११ २०७५

काठमाडौं असोज, ११–
यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का दुबै अध्यक्ष  देशबाहिर रहेका छन् । यसअघि दुबै अध्यक्ष मूलुक बाहिर रहदा कार्यबाहक तोक्ने गरेद पनि यो पटक कार्यबाहक तोकिएको छैन । यो पटक कार्यबाहकको परम्परा तोडिएको  छ । 
 प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतः अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 
तर, अध्यक्ष प्रचण्ड पनि धर्मपत्नी सीता दाहालको उपचार गर्न बुधबार बेलुका सिङ्गापुर गएका छन् । 

ओली र प्रचण्ड दुबै अध्यक्ष देश बाहिर भएको बेलामा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसले पाएको छ भन्ने नेकपाका धेरैजसो नेताहरु नै अनविज्ञ रहेका छन् । 
यसअघि दुबै अध्यक्ष बाहिर गएका बेला वरिष्ठ नेता माधव कुमार नेपालले कार्यवाहकको जिम्मेवारी पाएका थिए । तर, यसपटक नेता नेपाललाई कार्यबाहक नदिएको नेकपा उच्च स्रोतले बताएको छ ।
महासचिव विष्णु पौडेलले कार्यवाहकका विषयमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।  

यस्तै माधबकुमार नेपालको सचिवालयले पनि नेता नेपाललाई कार्यवाहक दिएको कुनै जानकारी नभएको बताएको छ ।
यद्यपी, नेकपा केन्द्रीय कार्यलयका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले नेता नेपाललाई नै कार्याबहाक दिएको दाबी गरेका छन् । उनले अध्यक्ष प्रचण्डले मौखिक रुपममा नेता नेपाललाई जिम्मेवारी दिएको प्रतिक्रिया दिए । 

केही दिनअघि गरिएको सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दा आफ्नो पक्षलाई वेवास्ता गरेको भन्दै वरिष्ठ नेता नेपाल लगायतले चर्को असन्तुष्टि जनाउदै आएका छन् ।