बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकको एकै साथ ३ नयाँ शाखा

मंगलबार, असोज ९ २०७५

काठमाडौं असोज, ९–
सिद्घार्थ बैंकले देशका विभिन्न स्थानहरुमा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालयहरु सुरुवात गरेको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । त्यसतै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग तथा मेबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
बैंकले अगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ ।  सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र एक हजार भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।