बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नवलपुरमा २० बर्षिया युवतीमाथि एसिडसँगै छुरा प्रहार, गम्भिर अवस्थामा उपचार हुँदै

मंगलबार, असोज ९ २०७५

नवलपुर असोज, ९–
नवलपुरको कावासोतीमा एसिड आक्रमणमा परी एक युवती गम्भीर घाइते भएकी छिन् । कावासोती नगरपालिका–१६ डण्डा हरबासीकी २० वर्षीया बसन्ती परियारलाई छिमेकी  विमल श्रीपालीले एसिडसँगै छुरा पनि प्रहार गरेका हुन् । श्रीपालीले बसन्तीमाथि एसिड प्रहार गरेको प्रहरीसमक्ष स्वीकार पनि गरिसकेका छन् । उनले आफूहरुबीचको सहमति अनुरुप बसन्तीले सहमति पालना नगरेका एसिड प्रहार गरेको बताएका छन् । 

सोमबार साँझ तरकारी किनेर  घरतर्फ फर्कदैँ गरेकी  परियारलाई बाटो ढुकेर बसेका श्रीपालीले एसिड तथा छुरा आक्रमण गरेको नवलपुर प्रहरीले जनाएको छ । 

घाइते परियारलाई स्थानीयको सहयोगमा तत्काल चितवनको भरतपुर अस्पतालमा लगिएको थियो। एसिड र चक्कु प्रहार गर्ने विमल श्रीपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उता चिकित्सकले बसन्तीको अवस्था निकै गम्भिर रहेको र शरिरको २५ प्रतिशत भाग एसिडले जलेको बताएका छन् ।