काठमाडौं असोज, ८–
भोलिदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यसअघि असोज ५ गतेबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भनिएता पनि इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने नेपाल यातायात व्यवसायी महासंघको बैठकले निर्णय गरेको हो ।
सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका एक पदाधिकारीले जनाए ।
बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।
निगमले डिजेल र मट्टतिेलमा प्रतिलिटर ३÷३ र पेट्रोलमा २ रुपैयाा मूल्य बढाइएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ कायम गरिएको छ ।