बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सार्वजनिक यातायातमा वृद्धि भाडा तत्काल फिर्ता गर्न भन्दै नेविसंघ आन्दोलित

सोमबार, असोज ८ २०७५

काठमाडौं असोज, ८–
यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध  सोमबार एक घण्टा  चक्काजाम गरेको हो ।
 चाडपर्वका बेला सर्वसाधारणलाई झनै मारमा पार्नेगरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा काठमाडौंको प्रर्दशनी मार्गमा नेविसंघले एक घण्टा चक्काजाम गरेको हो ।  
नेविसंघका उपाध्यक्ष सागर परियारले वृद्धि गरिएको यातायात, पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धि तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी  दिए । 

बिहान नौं बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्न प्रर्दशनीमार्गमा भेला भएका संघका नेता, कार्यकर्ताहरुले जनविरोधी, अपराधि र राष्ट्रघाती भएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले ६ महिनामा सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए ।

व्यवसायीहरुले दवाव दिएपछि सरकारले आईतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघका नेता, कार्यकर्ताले आन्दोलनको कार्यक्रम अन्तरगत सोमबार देशभरका क्याम्पसको मूलगेट अगाडि १ घण्टा चक्काजाम गरेका हुन । उनीहरुले बालिकामाथि समेत बलात्कार गर्नेलाई फासीको सजाय दिन नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका थिए ।