काठमाडौं असोज, ७–
सिद्घार्थ बैंकको सञ्चालक समितिको तीन सयौं बैठक सम्पन्न भएको छ । उक्त अवसरमा आयोजित एक विशेष कार्यक्रममा बैंकका पूर्व अध्यक्ष, सञ्चालकहरु र पूर्व कार्यकारी प्रमुखलाई उनीहरुले बैंकलाई वर्तमान अवस्था सम्म ल्याईपु¥याउन पु¥याउनु भएको योगदानको कदर स्वरुप सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो । सो कार्यक्रममा बैंकले विगत १६ वर्षमा हासिल गरेको प्रमुख उपलब्धिहरु र भावि रणनितिक योजनाहरुका बारेमा समेत जानकारी गराइएको थियो ।