बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रहरीको जग्गा शितल निवासलाई दिने निर्णय

आइतबार, असोज ७ २०७५

७ असोज, काठमाडौं–सरकारले नेपाल प्रहरी अन्तर्गत रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

हाल राष्ट्रपति कार्यालय रहेको शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको नाममा रहेको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

गत भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेकोमा प्रहरीले भने असन्तुष्टि जनाएको छ । 

काभ्रेको पनौतीमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण नहुँदै सरकारले राष्ट्रपति कार्यालयलाई हालको राष्ट्रपति कार्यालयसंगै जोडिएको प्रहरी प्रतिष्ठानको उक्त जग्गा दिने निर्णय गरेको हो ।