बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लव नेतृत्वको नेकपाद्वारा आइतवार उपत्यका बन्दको घोषणा

शनिबार, असोज ६ २०७५

काठमाडौं असोज, ६–
 ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असोज आइतबार उपत्यका बन्दको आह्वान गरेको छ ।

नेकपाले खड्गबहादुर विश्वकर्मासहितका नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर नेकपाले आइतबार उपत्यका बन्दको आह्वान गरेको हो ।

उपत्यका विशेष व्युरोद्वारा आह्वान गरिएको उपत्यका बन्दको विरोध हुन थालेको छ ।

नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला घुमाउने कामको विरोध गरेका छन् ।

प्रहरीले प्रवक्ता प्रकाण्डसहितका नेताहरूलाई अवैध रुपमा करोडौँ रुपियाँ चन्दा उठाउनुका साथै हत्या, अपहरण, बम विस्फोटको अभियोगमा पक्राउ गरेर मुद्धा चलाएको छ ।