बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानाध्यापकको कुटाईबाट विद्यार्थीको कान फुट्यो

बुधबार, असोज ३ २०७५

चितवन असोज, ३–
चितवनमा प्रधानाध्यापकको कुटाईबाट एक  विद्यार्थीको कान फुटेको छ । नवलपुरको बुलिङ्टार–६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गर्दा कान फुटेको हो । घाइते विद्यार्थीको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।

निर्धारित समयभन्दा १५ मिनेट ढिला विद्यालय आएको भन्दै प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए ।

प्रधानाध्यापक श्रेष्ठले विद्यार्थी कुटेको स्वीकार गरेका छन् ।  खुमानलाई गालामा कुट्दा  कानमा लागेर रगत बताएका छन् ।