विराटनगर असोज, २–
३८ क्वीन्टल सुनकाण्डमा मुछिएका प्रहरी अधिकृत विकासराज खनाललाई पनि उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
मोरङ जिल्ला अदालतले एसपी पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनलाई मंगलबार न्यायाधीशद्धय नागेन्द्र लाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
यसअघि उच्च अदालतले एसएसपी दिवेश लोहनी र प्रजित केसीलाई पनि रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरमा २७ जनाले जिल्ला अदालत मोरङको आदेशलाई चुनौति दिँदै निवेदन दिएका थिए । जसमध्ये तीन जनाको सुनुवाई भयो । सुनुवाई भएका सबै रिहा भइसकेका छन् । अन्य निवेदनको पनि सुनुवाई हुँदै जाने बताइएको छ ।