शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सन नेपाल लाईफ र जनता बैंकबीच सम्झौता

सोमबार, असोज १ २०७५

काठमाडौं असोज, १–
सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबिच बंैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र जनताबैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे । 
यस सम्झौता अन्र्तगत जनता बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु जनता बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ  । 
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले कारोबार शुरु गरेको ९ महिना भित्र २०७५ आषाढ मसान्तसम्ममाबैदेशिक रोजगार बीमा बाहेक बिभिन्न ११ प्रकारका बीमा योजनाहरुमा ९८२१पोलिसी बिक्री गरी कुल रु. २९ करोड ६९ लाख ७५ हजार छ सय ६५ रुपैँया प्रिमियम संलकन गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे साधारण शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ