बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पूर्णिमा लामाकाे ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ सार्वजनिक

सोमबार, मंसिर २५ २०८०

काठमाडाैं  । गायिका पूर्णिमा लामाले  लामो समयको अन्तरालपछि फेरि नयाँ गीतमा आवाज भरेकी छिन् ।  गायक तथा संगीतकार गोविन्द मधुर आचार्यको शब्द सृजना र संगीत रहेको ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ बोलको गीत पूर्णिमा लामाले स्वर दिएकी हुन् ।

लाामाे समयसम्म आफ्नाे गीत नआउनुकाे  कारण खुलााउँदै उनले आफू केही वर्षदेखि घाँटीमा समस्या भएकोले चिकित्सकको सुझावअनुसार रेस्ट गरेर बसेको जानकारी दिइन् । अब फेरि आफू गीत स‌ंगीतमै फर्किएकाे जानकाकरी दिएकी उनले  ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ पनि दर्शक र स्राेताले माया गरिदिएर आफूले हाैसला दिने विश्वास व्यक्त गरिन् ।

‘धेरै माया नगर्नु यहाँ कसैलाई’को रेकर्डिङ मालश्री रेकर्डिङ स्टुडियोमा भएको हो भने ध्वोनी सम्पादन खडका बाजुरालीले गरेका हुन् ।