बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आईएमइ लिमिटेड र बोता ममबीच सम्झौता

आइतबार, भाद्र ३१ २०७५

काठमाडौं भदौ, ३१– 
आईएमई लिमिटेड र बोता ममबीच सम्झौता भएको छ  । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुुट पाउनेछन् ।
काठमाडौंमा चार, ललितपुरमा एक,  र भक्तपुरमा आउँदै गरेको एक  सहित कुल छ वटा आउटलेट रहेको बोतामःमका सबै आउटलेटमा यो सम्झौता लागु हुने छ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोतामःमको तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता यही असोज एक गते देखि कार्यान्वनमा आई दुुई बर्षसम्म लागुु हुुने छ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दे आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताउनुभयो ।  आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व आईएमईले सेवा शुभारम्भको १८ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी एक सय ७४ आइएमई सेन्टरसहित ७७ जिल्लाका आठ हजार एक सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत ्विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।