बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वामदेव गौतमको सांसद बन्ने सपना रहरमै सिमित, जहाँ उनको रोजाई त्यही अवरोध उत्पन्न

शुक्रबार, भाद्र २९ २०७५

काठमाडौं भदौ, २९–
केही समयदेखि नेकपाका सचिवालय सदस्य वामदेव गौतम सांसद बन्ने बिषयले धेरै महत्व पायो । नेता गौतमले  एउटा अन्तरवार्तामा भनेका थिए– ‘अध्यक्षको चाहना म प्रतिनिधि सभामा आऊँ भन्ने भएकाले त्यसअनुसारको तयारी गर्दैछु ।’

गौतमलाई नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा छिराउन चहान्छन् । त्यसका लागि पूर्वतयारी पनि नभएको होइन । गौतमलाई डोल्पाबाट जिताउन सहज हुन्छ भन्ने लागेपछि त्यहाँका सांसद धनबहादुर बुढालाई राजीनामा गराउने हल्ला बजारीकरण भयो । बुढाले पनि ठाउँ छाड्ने संकेत दिँदै भनेका थिए– नेताले चाहे त्यो गर्छु । तर, अब गौतमका लागि बुढा पनि ठाउँ छाड्न तयार छैनन् ।

डोल्पाका सांसद धनबहादुर बुढाले पछिल्लो समयमा सांसद छोड्न रुची देखाएका छैनन् । 
डोल्पामा बुढालाई राजीनामा गर्न लगाएर गौतमलाई उठाउने पहिलो हल्लाले त्यतिबेला विश्राम पायो, जतिबेला त्यहाँका नेकपा कार्यकर्ताले ‘हुँदैन’ भन्ने डेलिगेशन केन्द्रीय कार्यालयमा ल्याए । लगत्तै, सांसद बुढा आफैं पनि क्षेत्रमा पुगेर गौतमलाई सघाउनका लागि अपिल गर्न पुगे । तर, कार्यकर्ता र मतदाताले नमानेपछि उनको घोषणा आयो– म छाड्दीन !

गौतमको चाहना डोल्पामा मात्रै रोकिँदैन । भैंसेपाटीमा बस्ने उनका बारेमा अनेकन हल्ला चलाउन थालियो । र, ललितपुर पनि सारियो यो विषय ।

नेकपाले ललितपुर–१ मा प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई राजीनामा गर्न लगाउने भन्ने अर्को हल्ला आयो । यसलाई सिलवालले सिधै ‘उडन्ते’ गफ भनिदिए । यस्ता वाइयात कुराको पछि नलाग्न पनि उनको सुझाव आयो । जुन क्षेत्र चर्चामा आउने कुनै सवाल नै छैन ।

त्यसपछि वामदेवका लागि विकल्पको द्वार पूर्वी रुकुमतिर सारियो । त्यहाँबाट निर्वाचित सांसद कमला रोकाले निराधार हल्लामात्र भएको टिप्पणी गरिन् । उनले बामदेव गौतमलाई त्यहाँबाट चुनाव लडाउने कुनै सल्लाह वा कुुराकानी समेत पार्टीमा नभएको रोक्काको दाबी आएपछि अर्को ‘च्याप्टर क्लोज’ भयो ।

प्युठानका सांसद दुर्गा पौडेललाई राजीनामा गर्न लगाएर उपनिर्वाचन मार्फत गौतम उठ्ने चाहना रहेको हल्ला पनि आएको थियो । तर, प्युठानका सांसद पौडेललाई त्यसविषयमा कुनै जानकारी नहुनु गौतमका लागि ठाउँ खाली गर्न कोही पनि तयार नभएको प्रस्ट देखिन्छ ।