काठमाडौ भदौ, २८–
नेप्से सुचक तथा कारोबार रकम दुुबै उच्चरुपमा बढेकाछन् । आज बिहिबार नेप्से १४ दशमलव १३ अंकले बढेर १२ सय ४४ दशमलव ८४ अंकमा चढेको छ । सेन्सिटिभ पनि तीन दशमलव ४७ अंकले बढेर दुुई सय ६४ दशमलव २७ अंकमा चढेको छ । आज एक सय ७३ वटा कम्पनीहरुको सात हजार चार सय ३६ वटा कारोबारमा २७ लाख ११ हजार एक सय १० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७२ करोड ९८ लाख पाँच हजार पाँच सय ४६ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुँदा सात वटाले कमाए पनि तीन वटा समुहले गुुमाएकाछन् । कमाउने समुुहमा परेको वाणिज्य बैंक समुहको सुचक १६ दशमलव दुुई अंकले बढेर एक हजार ९२ दशमलव ९३ अंकमा पुुगेको छ भने सेयर कारोवार रकम ४८ करोड ८४ लाख २९ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक ११ दशमलव २७ अंकले बढेर १४ सय ९३ दशमलव ४९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम पाँच करोेड आठ लाख ८६ हजार सात सय रुपैयाँ पुुगेको छ । आज जलबिद्युुत समुहको सुचक पनि चार दशमलव ५३ अंकले बढेर १३ सय ९२ दसमलव ४९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम दुुई करोड १२ लाख १७ हजार छ सय रुपैयाँ पुुगेको छ ।
आज होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचक बढेपनि निर्जिवन बीमा, लघुबित्त र जीवन बीमा समुहको सुचक भने घटेकाछन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ नेपाल सेवा लघुुबित्त संस्था ४७२ ९.७७
२ तिनाउ बिकास बैंक १८६ ६.९०
३ मेगा बैंक १८८ ६.७४
४ सेञ्चुरी कर्मसियल बैंक १८७ ६.७४
५ एनसीसी बैैंक २१० ५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ भार्गभ बिकास बैंक १२६ ४.५४
२ लक्ष्मी लघुबित्त संस्था ९८५ ३.३३
३ हिमालयन पावर पार्टनर २५२ ३.०७
४ युनाईटेड मोदी हाईड्रो पावर १६५ २.९४
५ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी १०७ २.७२