कञ्चनपुर भदौ, २७–
महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनार दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । महाकाली नगरपालिका–४ का ४० वर्षीय सुनारले बालिकालार्इ जबर्जस्तीकरणी गरेको प्रहरीको दावी छ । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
यस्तै, दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ ।
धरौटी रकम १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए । स्थानीयपवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
धरौटीवापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।