बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनता बैंकद्वारा दार्चुलाको विद्यालयलाई कम्प्युटर हस्तान्तरण

मंगलबार, भाद्र २६ २०७५

काठमाडौं भदौ, २६–
जनता बैंक नेपाल लिमिटेडद्वारा दार्चुला जिल्लाको दुँहु गाउँपालिकामा अवस्थित जनविकास माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ (चार) थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका दार्चुला शाखा प्रमुख प्रकाश दत्त भट्टले एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन्  । दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट ४ घण्टाको पैदल दुरीमा रहेको छ । 
कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक  गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुको कम्प्युटर सिकाईलाई प्रभावकारी बनाउन महत्वपूर्ण रहने बिचार ब्यक्त गरे  । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ ।
बैंकले हाल देश भरीबाट १२२ शाखा, ४० शाखा रहित बैंकिङ, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।