बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीकै प्रस्तावमा हटाईएका दिगम्बर झाको नाम आएपछि सबै मन्त्री चुपचाप !

शनिबार, भाद्र २३ २०७५

२३ भदौ, काठमाडौं–भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्ति गरेका छन् ।

विभागीय (सञ्चार तथा सूचना प्रविधि) मन्त्री गोकुल बास्कोटा इथियोपिया गएका बेला बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहिला अयोग्य भनेका झालाई पुनः प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति दिएको एक मन्त्रीले बताए । नागरिक दैनिकले समाचार छापेको छ ।

दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने एक प्रस्ताव छ । तपाईहरूको अरु कोही छ मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अन्य कोही पनि मन्त्री बोल्नुभएन ।’

यसअघि आइतबारको मन्त्रिपरिषद बैठकमा झालाई पुनः नियुक्ति गर्ने प्रस्ताव लगिएको थियो । त्यस दिन केही मन्त्रीले सो प्रस्तावको चर्को आलोचना गरेपछि निर्णय हुन सकेको थिएन ।