काठमाडौं भदौ, २२–
नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्सले देश भित्र र देश बाहिर भएका खेलहरुलाई हरेक नेपालीहरुको घरघरमा पुर्याउदै आयको छ । भर्खरै सम्पन्न भयको फिफा बिश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले ‘नेपालीले खेल्छ, नेपालीले हेर्छ’ भन्ने नारासहित हाल भइरहेको साफ सुजुकी कप २०१८ लाई पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ । दक्षिण एशियाका ७ रास्ट्र सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भई भाद्र ३० सम्म चल्नेछ । प्रतियोगिताका सबै खेलहरु एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एच डि पिक्चर क्वालिटिमा हेर्न सकिन्छ ।
कम्पनीका अनुसार आफ्ना ग्राहकहरुको विश्वाश र रुचि अनुसार भविष्यमा पनि नेपाल भित्र तथा नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रशारण गरिनेछ । एच डि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको कम्पनीको भनाइ छ । 