बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छोटे गुण्डा नाइके सत्यमान फेरी पक्राउ

मंगलबार, भाद्र १९ २०७५

काठमाडौं भदौ, १९–
गत असार २८ मा पक्राउ परेर छुटेका गुण्डा  सत्यमान लामा फेरि पक्राउ परेका छन् । अपराध महाशाखाका अनुसार काभ्रेकै मानबहादुर तामाङलाई धाकधम्की दिएको आरोपमा उनी पक्राउ परेका हुन् । गुण्डा नाइके लामाले काभ्रे तिमाल गाँउपालिका वडा नंं ६ का मानबहादुर लगायतलाई मार्छू र काट्छु भन्दै धम्क्याएको आरोपमा  महनागरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । गुण्डा लामाले मानबहादुरलाई ‘तँलाई मारे वापत एकजना जेल बस्न तयार छ’ भनेर धम्की र त्रास दिएको प्रहरीको भनाइ छ । यसअघि  काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानमाथि काभ्रेको सिपालीका किसानको माला लुटपाट गरेको आरोप लागेको थियो । त्यस्तै उनीमाथि  रक्तचन्दन तस्करीमा समेत  प्रहरीले  कारावाही गरेको थियो ।